‘कलेज डिभा’ का लागि किशोरीहरू

college-divaरिबन इन्टरटेनमेन्ट प्रालिले कलेज पढ्दै गरेका किशोरीहरुबीचको सौन्दर्य प्रतियोगिता कलेज डिभा अफ द इयर २०१५ आयोजना गर्ने भएको छ।

गत वर्ष नेपाल्स फेस अफ द इयर, नेपाल्स चिल्ड्रेन अफ द इयर र नेपाल्स मिस टिन अफ द इयरजस्ता विभिन्न उमेरसमूहको सौन्दर्य र प्रतिभा प्रदर्शनी प्रतियोगिता आयोजना गरिसकेको सो कम्पनीले आगामी चैत १२ गते राजधानीको जमलस्थित राष्ट्रिय नाचघरमा डिभा अफ द इयर गर्न लागेको हो। प्रतियोगितामा विभिन्न कलेजमा अध्ययनरत १७ किशोरीले स्पर्धा गर्दैछन् ।