ओ माई म्यान,अन्तराष्ट्रियस्तरमा पुर्याउने तयारी

pictureमानिस थाहा हुदा हुदै पनि अरु संग झुटो बोल्छन तर भनिन्छ भगवान सामु झुटो बोल्न सक्दैनन्छो तर केहि यस्ता मानिसहरु हुन्छन जसले भगवानको अगाडी सत्यलाई पनि झुटो सावित गर्छन। गोपालचन्द्र लामिछानेद्वारा निर्देशित छोटो चलचित्र ‘ओ माई म्यान’ मा यहि  रोचक कथामा आधारित रहेर हाल नेपालका बिभिन्न ठाउमा प्रदर्शन भैरहेको छ ।
परम्परादेखि काठमाडौं वरिपरिका मानिसलाई झुट बकाउने कालभैरव मन्दिरको किम्बदन्तीमा आधारित छोटो चलचित्र ओ माई म्यानले विवाह पछि पनि प्रेमीप्रेमिकासँग सम्बन्ध राख्ने समाजमा बढदै गएको प्रचलनलाई उजागर गर्न खोजेको छ ।
आफूभन्दा निकै कम उमेरकी युवतीलाई विवाह गरेका एक पाका उमेरको पुरुषको कथावस्तु यसमा समेटिएकोछ । युवतीले भने उमेर सुहाउँदो पुरुषलाई आफ्नो प्रेमी बनाएकी हुन्छिन् । एक दिन सासूले उनको चर्तिकला देखेपछि काल भैरवको मूर्तिसम्म उनीहरुको विवाद पुग्छ ।
काल भैरवको मूर्तिमा छोएर झुट बोले तत्काल रगत छादेर मृत्यु हुने किंवदन्तीमाथि फिल्मका पात्रहरु विश्वास राख्छन् । तर ती युवतीले कालभैरबको मुर्तिका सामु आफ्नो परपुरुष संगको सम्बन्धका बारेमा रोचक ढंगले झुट साबित गर्दा कालभैरबको मूर्तिले नै ओ माई म्यान भनेर छक्क परेको कथाले धेरैको मन छोएको छ । दुःख पर्दा वा आश्चर्य पर्दा मानिसले ओ माई गड भन्छन तर भगवान सामु मानिसले सत्यलाई नै झुट सावित गर्दा भगवान नै छक्क परेर ओ माई म्यान भन्न पुग्छन ।
यो छोटो चलचित्रलाई बिश्वका १० भन्दा बढी अन्तराष्ट्रिय फिल्म महोत्सबमा देखाउने तयारी भएको निर्देशक लामिछानेले जानकारी दिए । संचारकर्मी शुशिल पौडेलको लेखनमा बनेको सो पुनम गौतमले निर्माण गरेका हुन् । फिल्ममा स्वस्तिका राजभण्डारी, शम्भू थापा, लक्ष्मी गिरी, रमा थपलिया र बालकलाकार कुसाग्र भट्टराईको अभिनय रहेको छ ।