Oct 252016
 
Share on FacebookTweet about this on TwitterShare on Google+Print this page

तिन वर्ष अगाडी बेल्जियमको गेन्टमा सम्पन्न अन्तर्राष्ट्रिय व्यापारिक मेला सम्वन्धि प्रतिवेदनबारे गैर आवासीय नेपाली संघ बेल्जियमले ध्यानाकर्षण गराएको छ । सोमवार एक प्रेष बिज्ञप्ति जारी गर्दै भनेको छ ‘एसेन्टा मेलाको प्रतिवेदनलाई भेलाले निर्देसन गरे अनुसार गैर आवासीय नेपाली संघ  बेल्जियम संग सुरक्षित रहेको र बाहिर आएको प्रतिवेदन आधिकारीक नभएको बिषयमा ध्यनाकर्षण गराउदै भ्रममा नपर्न हुन गैर आवासीय नेपाली संघ  बेल्जियम हार्दिक  अनुरोध गर्दछ ।’

सोमवार केहि सामजिक संजालमा र अनलाईन समचारमा संस्थामा भएको छलफलहरुलाई बिवाद भनि गरिएको प्रचारमा सत्यता नभएकोमा पनि सचेत रहन अनुरोध  गर्दै  एनआरएनले समितिले बर्ष भरी गरेका सम्पूर्ण बैठक, भेला र छलफलबाट गरिएका सम्पूर्ण निर्णयहरुलाई एक मतले पारीत गरेको बिज्ञप्ति मार्फत जनाएको छ ।

गैर आवासिय नेपाली संघ बेल्जियमले आफ्नो ११औ वार्षिक साधारणसभा आइतवार बेल्जियमको लुभेनमा सम्पन्न गरेको थियो ।

प्रेष बिज्ञप्तिnrn-b

 Leave a Reply

(required)

(required)


*