Aug 032015
 
Share on FacebookTweet about this on TwitterShare on Google+Print this page

NRNA Belgiumएन आर एन ए बेल्जियमको यही २३ अगस्टमा सम्पन्न हुन गैरहेको पाँचौ अधिबेशन र त्यस अन्तर्गत सम्पन्न निर्वाचनलाई भब्य रुपमा सम्पन्न गर्दै आसन्न निर्वाचनबाट एन आर एन ए बेल्जियमको नेत्रित्वो सर्बसम्मत रुपमा निर्माणको लागि आबश्यक पहल र समन्वय गर्न एन आर एन ए बेल्जियम को ७ जुनमा सम्पन्न बैठकले   एन आर एन ए बेल्जियमका संस्थापक अध्यक्ष तथा पूर्व आइ सि सि सदस्य रबिन्द्रमान श्रेष्ठ को संयोजकत्वोमा एन आर एन ए बेल्जियमका निबर्तमान अध्यक्ष्य तथा  आइ सि सि सदस्य श्रीमती जानकी गुरुङ एन आर एन ए बेल्जियमका निबर्तमान महासचिब तथा आइ सि सि सदस्य  शिव कुमार बरुवाल रहने गरी एक समन्वय  समिती निर्माण गरेको थियो ।

यस समन्वय  समितीले एन आर एन ए आइ सि सि को बिधान , आइ सि सिले अन्तरराष्ट्रिय र राष्ट्रिय महा अधिबेशन सम्पन्न गर्नको लागि तयार गरेको नियमावली  र आचार संहिता आइ सि सि ले हरेक एन सि सि को लागि तयार गरेको नमुना बिधान र एन आर एन ए एन सि सि बेल्जियमको बिधानको मातहतमा रही , एन आर एन ए का अग्रजहरु , एन आर एन आइ सि सिका पदाधिकरी तथा सल्लहाकारहरु संगको सरसल्लहा र परामर्शमा एन आर एन ए बेल्जियम को आगामी निर्वाचनमा सर्ब सम्मत नेत्रित्वो निर्माणको लागि सजिलो होस भनी उमेद्वार हरु को लागि निम्न अनुसार पूर्वधार तय गरी यहाँ हरु संग छलफलको लागि प्रस्ताब गरिएको छ ।

गैर आवासिय नेपाली संघ  आइ सि सि सदस्यको

गैर आवासिय नेपाली संघ   आइ  सि सि को बिधानको २००३ संशोधित २०१३ को धारा १७:५:३ मा उल्लेख भए अनुसार एक कार्यकाल एन आर एन एन सि सि को कार्य समिती को कुनै पनि पदमा रहेर काम गरी सकेको हुनु पर्ने छ । उमेद्वार हरु धेरै जना भएमा   एन आर एन को अभियानमा सुरु देखी नै लागेको लाई बिशेष प्राथमिकता दिने ।  केन्द्रमा नितिगत तहमा प्रस्तूत हुन सक्ने, एन सि सि र आइ सि सि बिच सम्न्वय गर्न सक्ने र बिशेष परिस्थितिमा निर्णायक भूमिका निर्बाह गर्न सक्ने । निर्बाचित आइ सि सि सदस्य यही १४ देखी नेपालमा हुने आइ सि सि को महाधिबेशन मा अनिबार्य उपस्थितभै आइ सि सि को नियमावली को धारा ५:५ अनुसार ५०० डलर बुझाए पछी मात्र पद एक्टिव हुने छ ।

गैर आवासिय नेपाली संघ  एन सि सि अध्यक्ष  :

एन आर एन ए बेल्जियम को बिधानत पंजिक्रित सदस्य जो पनि एन आर एन ए बेल्जियम को अध्यक्षमा उमेद्वार हुन सक्ने भए पनि  एन आर एन को अभियानमा सुरु देखी लागेको  एन आर एन को बिभिन्न निकायमा रहेर निरन्तर काम गरी रहेको लाई बिशेष प्राथमिकता दिने । उमेद्वार हुने ब्यक्ती   गतिशिल, साझा ब्यक्तित्व, सबैलाई समेटेर लैजाने, साधन श्रोत खर्चन जुटाउन सक्ने, स्थानिय भाषाको ज्ञान भएको । जुन सुकै बेला पनि संस्था र समाजको लागि समय निकाल्न सक्ने । एन आर एन आइ सि सि को नियमा वली अनुसार कुनै पनि राजनीतिक जातिय संस्था को प्रमुख तथा पदाधिकारीको तथा सदस्य  पदमा बसेको भए उक्त पद छोडेको प्रमाण पेश गर्नु  पर्ने

, उपाध्यक्ष
अध्यक्ष पदकै योग्यता भएको । जुन सुकै बेला पनि संस्था र समाजको लागि समय निकाल्न सक्ने ।

   उपाध्यक्ष (महिला)
 अध्यक्ष पदकै योग्यता भएको । अरु  महिलालाई समेटेर लैजाने, आफ्नो  हक हितको लागि सजग रहेर अरुलाई जागरुक र प्रोत्साहित गर्न सक्ने । जुन सुकै बेला पनि संस्था र समाजको लागि समय निकाल्न सक्ने ।

महासचिव :
 संगठनको अभिलेख चुस्त दूरुस्त राख्न सक्ने कम्प्युटर ज्ञान भएको,  स्थानिय भाषाको ज्ञान भएको, अंग्रेजिमा संबाद गर्न सक्ने र कार्यक्रम सँचालन गर्न सक्ने, सांगठानिक ज्ञान भएको र समन्वयकारि भूमिका निर्बाह गर्न सक्ने । जुन सुकै बेला पनि संस्था र समाजको लागि समय निकाल्न सक्ने ।

सचिव :
 संगठनको अभिलेख चुस्त दूरुस्त राख्न सक्ने कम्प्युटर ज्ञान भएको,  स्थानिय भाषाको ज्ञान भएको, अंग्रेजिमा संबाद गर्न सक्ने र कार्यक्रम सँचालन गर्न सक्ने, सांगठानिक ज्ञान भएको । जुन सुकै बेला पनि संस्था र समाजको लागि समय निकाल्न सक्ने ।

, कोषाध्यक्ष    :
आर्थिक हिसाब किताब राख्न सक्ने, आर्थिक निति तथा कार्यक्रम प्रस्ताब गर्न सक्ने,  लेखा सम्बन्धि योग्यता भएको, कम्प्युटर ज्ञान भएको । जुन सुकै बेला पनि संस्था र समाजको लागि समय निकाल्न सक्ने ।

, युबा संयोजक  :
बिधानत ४० बर्ष न ननाघेको भएपनी बेल्जियम का नयाँ पुस्ता लाई समेटन को लागि  सकभर ३० बर्ष भन्दा तलको कुनै पनि अतिरिक्त कृयाकलापमा दखलता भएको, Young Generation सँग घूलमिल भएर उनिहरुलाई संस्थागत गतिबिधिमा ल्याउन उत्प्रेरित गर्न सक्ने, युवाहरुको समस्या र चाहनालाई बुझ्न बुझाउन सक्ने र समय दिन सक्ने, स्थानिय भाषा, अंग्रेजि राम्रो भएको । जुन सुकै बेला पनि संस्था र समाजको लागि समय निकाल्न सक्ने ।

,महिला संयोजक
महिलालाई समेटेर लैजाने, आफ्नो  हक हितको लागि सजग रहेर अरुलाई जागरुक र प्रोत्साहित गर्न सक्ने, महिला परिचालन गर्न सक्ने र महिला सम्बन्धि निति कार्यक्रमहरु प्रस्ताब गर्न सक्ने । जुन सुकै बेला पनि संस्था र समाजको लागि समय निकाल्न सक्ने ।

, सदस्य दुई जना महिला सदस्य एक  सदस्य पद युवा नयाँ पूस्ताको लागि तोक्ने । १८ देखि २५ बर्ष बिचका एक युबक र एक युबतिलीलाइ सदस्य पद तोक्ने । स्थानिय भाषा मा दखलता, नेपाली सँस्क्रिति प्रति गहिरो रूची र संलग्नता रहेको, नयाँ पिढीलाई जागरुक र सकृय बनाउन सक्ने ।

, दुई सदस्य पद  : भाषाविदको लागि तोक्ने : नेदरल्याण्ड र फ्रेन्चमा लेख्न पत्राचार गर्न सक्ने, अनुवाद गर्न सक्ने र संस्थालाई सोही बिषयमा आबस्यक भएको बेलामा मात्र उपलब्ध हुने गरी दुई सदस्य पद ब्यबस्था गर्ने । अन्य नियमित बैठक तथा कार्यक्रमहरुमा उपस्थित सहभागि हुन वाध्य नहुने ।

१०, मनोनित सदस्य : एन आर एन सि सि बेल्जियमको बिधानत ४ जना मनोनित सदस्य मध्य २ जना  भाषाविदको लागि तोक्ने र बाँकी  २ जना मध्य  एक जना १ जना युबा २५ बर्ष ननाघेको र १ जन युबती २५ बर्ष ननाघेको हुनु पर्ने  ।

सँरक्षकहरुको ब्यबस्था :

१, नेपाली दुता बास को प्रमुख लाई  संस्थाको प्रमुख सँरक्षक तोक्ने ।

२, एन आर एन को बिभिन्न निकाय मा सुरु देखी रहेर काम गरेका हरु मध्य बाट   संस्थालाई शुरु देखि बिशेष योगदान दिदै आएका  ब्यक्तिहरुलाई सँरक्षक तोक्ने ।

३, संरक्षकको कर्तब्य र दायित्व बिधानमा ब्यबस्था गर्ने ।

सल्लहाकार समिति :

सहमतिका लागि सलाहाकारहरुको संख्या खुला राखेर सहमतिको प्रयत्न गरिनेछ । बिभिन्न बिधामा दखल राख्ने, नेपाली समुदायमा महत्वपूर्ण योगदान पु-र्याएका ब्यक्तिहरु, साझा र अग्रजहरुलाई सलाहाकार प्रस्ताब गर्ने । कानूनी सल्लाहाकार, आर्थिक सल्लाहाकार, राजनैतीक सल्लाहाकार, आप्रबसान सन्बन्धि सल्लाहाकार, अन्तर्घूलन integration  सल्लाहाकारका लागि सोही क्षेत्र्मा दक्खल राख्ने र योगदान दिएका ब्यक्तिलाई सोही शिर्षकमा सल्लाहाकार  सिफारिस गर्ने । अन्यका लागि सल्लाहाकार सदस्य सिफारिस गर्ने ।

जिम्मेवारी बाडफाडको सम्बन्धमा 

१- बिधानमा उल्लेख भएका जिम्मेवारी बाहेक उपादक्ष्य हरु लाई बिशेष क्षेत्रगत जिम्मे वारी छुट्ट्यउने ।

२ – बेल्जियम मा हुने नेपाली समुदाय वा संघ संस्थाको कार्यक्रम मा संस्था को प्रतिनिधित्वो गराउदा पालैपालो उपादक्ष्यहरु लाई पनि गराउने जसले नेत्रित्वो बिकासमा सहयोग गर्दछ ।

३- छेत्रीय समिती लाई सबल र सकृया बनाउने ने सम्बन्धित क्षेत्रमा भएको कार्यक्रममा   बिशेष कार्यक्रम बाहेक त्यस   क्षेत्र को अध्यक्षले नै एन आर एन को प्रतिनिधित्वो गर्ने

४ – नयाँ पिढी लाई एन आर एन र सामाजिक गती बिधी बढी संलग्न गराउन युबा संयोजक को नेत्रित्वो मा युबा युबती र एन आर एन का जिनियर सदस्य हरु लाई समेत समे टेर एक समिती निर्माण गर्ने र उनी हरु लाई बिभिन्न किसिमका सामाजिक कृयाकलाप गर्न एन आर एन ए एन सि सि ले वार्षिक बजेट छुट्टाउने ।

५ – महिला संयोजक को नेत्रित्वो मा पनि एक समिती निर्माण गर्ने र उनी हरु लाई पनि आफो गतीबिधी गर्नको लागि एन आर एन ए बेल्जियमले निस्चित बजेट छुट्टाउने ।

संयोजक – रबिन्द्र मान श्रेष्ठ 

सदस्य – जानकी गुरुङ
सदस्य – शिव कुमार बरुवाल  

समन्वय समिती 

एन आर एन ए बेल्जियम पाचौ अधिबेशन

19/07/2015

 Leave a Reply

(required)

(required)


*