एन.आर.एन. अध्यक्ष घलेको बेल्जियन कार्यक्रममा राष्ट्रिय अध्यक्ष र महासचिव अनुपस्थित

गैर आवासिय नेपाली संघ, बेल्जियमको आयोजनामा अन्तराष्ट्रीय समन्य परिषदका अध्यक्ष शेष घलेको प्रमुख आतिथ्यामा बेल्जियमको लुभेन सहरमा अन्तरकृया कार्यक्रम संपन्न भएको छ । गैर आवासिय नेपाली संघ, बेल्जियमका अध्यक्ष गंगाधर गौतम  नर्वे जानु भएकाेले गैर आवासिय नेपाली संघ, बेल्जियमका कार्यबाहक अध्यक्ष किष्ण प्रसाद पौडेलको अध्यक्षतामा भएको सो कार्यक्रममा प्रमुख अतिथी शेष घलेले नेपालमा भएको मानबिय संकटको सहयोगार्थ केन्द्रले निर्देस गरे बमोजिम एनआरएनए बेल्जियमले भुकम्प पिडीतहरुकोलागी करिव एक करोड नेपाली रुपया र औषधीकोलागी पांच लाख सहयोग गरेकोमा एनआरएन बेल्जियमलाई धन्यवाद दिनु भयो । साथै वाहांले अहिले गैर आवासिय नेपाली संघ, बेल्जियमको आयोजनामा अन्तराष्ट्रीय समन्य परिषदको ५१ औं बैठकमा भएका निर्णयहरु बिधानसंगत रहेको बताउनु भयो ।

shesh ghale in antwerpकार्यक्रममा अध्यक्षता गर्नु भएका एनआरएन बेल्जियमका उपाध्यक्ष किष्ण पौडेलले छोटो समयको बावजुद पनि कार्यक्रम आयोजना गरिएका भएपनि यो कार्यक्रमले बेल्जियमका प्रवासी नेपालीहरुलाई एनआरएनको  अहिलेको गतिबिधीवारे बुझ्ने मौका मिलेको बताउनु भयो । गैर आवासिय नेपाली संघ, अन्तराष्ट्रीय समन्य परिषदका सचिव अर्जुन श्रेष्ठले ५१औं बैठकमा भएका निर्णयहरु बिधानसंगत भयकोले उक्त कुराहरूको अब कुनै अौचत्य नरहेको प्रस्ट पार्नु भएको थियो । जनसमुदायले गएको बैठकको निर्णयको बिषयमा प्रश्न गरेकाले यो बिषयलाई अब दोहराई राख्न आवस्यक नरहेको र नितीगत तथा ब्यवाहारिकरुपमानै सामधान भई सकेको प्रस्ट पार्नु भयको थीयो ।
कार्यक्रममा प्रमुख अतिथी लगाएत संपुर्णलाई स्वागत एनआरएनए, बेल्जियमका उपाध्यक्ष पदम गुरुगंले गर्नु भएको थियो । एनआरएनए, बेल्जियमकी कोषध्यक्ष आगंमाया लामाले अतिथीहरुलाई खाता लगाई स्वागत गर्नु भएको थियो । कार्यक्रममा ब्यस्थताको कारण एनआरएनए, बेल्जियमका माहासचिव लोक दाहाल उपस्थित हुन नसक्नु भएको जानकारी गराउदै कार्यक्रमको संचालन एनआरएनए, बेल्जियमका सचिव गोबिन्द सिंह अधिकारीले गर्नु भएको थियो ।
एन.आर.एन. अध्यक्ष शेष घलेको बेल्जियन कार्यक्रममा बेल्जियमका राष्ट्रिय अध्यक्ष र महासचिव उपस्थित हुन नसकेको प्रसङ्गलाइ विशेष चाखका रूपमा हेरिएको छ ।