एनआरएन सम्मेलन शुरु, चार जना निर्वाचित

nrn
गैर आवासीय नेपाली संघ (एनआरएन) को सातौं विश्व सम्मेलन काठमाण्डुमा शुरु भएको छ। आगामी २ बर्षे कार्यकालको लागी चयन हुने २२ सदस्यीय समितिको लागी ५९ जनाले आफ्नो उम्मेदवारी दर्ता गराएका छन ।

उमेदवारहरु मध्ये ४ जना निर्विरोध निर्वाचित भै सकेका छन ।निर्वाचित हुनेहरुमा युरोप क्षेत्र संयोजकमा कुन आचार्य, अफ्रिका क्षेत्र संयोजकमा सुनिल कार्की, युवा उप संयोजकमा लोकराज शर्मा र महिला संयोजकमा सपिला राजभण्डारी रहेका छन् । अन्य पदको लागी भोलि निर्वाचन हुदैछ ।

अध्यक्ष पदका लागि वर्तमान अध्यक्ष शेष घले, टिबी कार्की र रतन झाको उम्मेद्‌वारी परेको छ । उपाध्यक्षमा भने ६ जनाबीच प्रतिस्पर्धा हुने भएको छ । दुई उपाध्यक्ष पदका लागि भवन भट्ट, कुमार पन्त, खगेन्द्र जिसी र लक्ष्य बहादुर गुरुङ, नरेन्द्र बहादुर भाट र शम्शेरसिंह थापाले उम्मेद्‌वारी दर्ता गरेका हुन् । त्यस्तै महासचिवमा भने बद्री केसी, पुष्प तिमिल्सिना, पुष्प थापा र रन्जु थापाबीच प्रतिस्पर्धा हुने भएको छ । कोषध्यक्ष पदमा भने ५ जनाको उम्मेद्‌वारी परेको छ । हिक्मत थापा, चिरन्जिवी थापा, भैरवप्रसाद ढकाल, राजेन्द्र सिवाकोटी र यमकुमार गुरुङबीच कोषध्यक्ष पदको लागि निर्वाचन हुने भएको हो । त्यस्तै सचिवमा भने सुरेन्द्रप्रसाद श्रेष्ठ, धरम बहादुर केसी, गणेश केसी र अर्जुनकुमार श्रेष्ठको उम्मेद्‌वारी परेको छ । एनआरएन सम्मेलन उपत्यकाको सोल्टी होटलमा चलिरहेको छ ।

उम्मेदवारहरु

अध्यक्ष

रतनकुमार झा

शेष घले

टेकबहादुर (टीबी) कार्की

उपाध्यक्ष (दुई पदका लागि)

भवन भट्ट,खगेन्द्र क्षेत्री, कुमारप्रसाद पन्त, लक्ष्यबहादुर गुरुङ, नरेन्द्रबहादुर भाट, शम्शेर सिंह थापा

महासचिव

बद्रि केसी, पुष्प तिमिल्सिना, पुष्प थापा, रन्जु थापा

सचिव

अर्जुनकुमार श्रेष्ठ, धरमबहादुर केसी, गणेश केसी, सुरेन्द्रप्रसाद श्रेष्ठ

कोषाध्यक्ष

भैरवप्रसाद ढकाल, चिरन्जीवि थापा, हिक्मतबहादुर थापा, राजेन्द्र सिवाकोटी, यमकुमार गुरुङ

संयोजकएसिया

गंगाराज राई,, किरणविक्रम थापा, सोमचाई क्षेत्री

उपसंयोजकएसिया

भवानी शंकर तिवारी, कृष्णप्रसाद पाण्डे, रोविन्द्रप्रसाद श्रेष्ठ

संयोजकअमेरिका

रामचन्द्र खरेल, सोनाम लामा

उपसंयोजकअमेरिका

आङछिरि शेपा, विनोद केसी, शिवकुमार राई

संयोजकमध्यपूर्व

डम्बरबहादुर क्षेत्री, झम्कप्रसाद सापकोटा

उपसंयोजकमध्यपूर्व

धर्मराज गिरी, कल्याणकुमार श्रेष्ठ, उमेश अधिकारी

संयोजकयूरोप

कुल आचार्य (निर्विरोध निर्वाचित)

उपसंयोजकयूरोप

दावा गाल्जे शेर्पा, हेमन्त सेढाई, प्रेमबहादुर गुरुङ, शिवकुमार बरुवाल, सुवास पोखरेल, थर्कबहादुर सेन

संयोजकओसनिया

भोमादेवी लिम्बू, महेन्द्रकुमार लम्साल

उपसंयोजकओसनिया

होमनाथ पाण्डे, रमेश जोशी

संयोजकअफ्रिका

सुनिल कार्की (निर्विरोध निर्वाचित)

उपसंयोजकअफ्रिका

उम्मेदवारी परेन

युवा संयोजक

विजय पोखरेल, फणिन्द्र पन्त, कृष्ण गिरी, निर्मल अर्याल, निरञ्जन प्रसाईं

युवा उपसंयोजक

लोकराज शर्मा (निर्विरोध निर्वाचित)

महिला संयोजक

सपिला राजभण्डारी (निर्विरोध निर्वाचित)

महिला उपसंयोजक

भगवती बस्नेत

रजनी प्रधान