एनआरएन संघ अध्यक्ष घलेको एन्टवर्पमा भेटघाट कार्यक्रम 

एनआरएनका केन्द्रीय अध्यक्ष शेष घलेको उपस्थितिमा यही २५ सेप्टेम्वरमा एन्तोरपेनमा स्वागत, सम्मान तथा भेटघाट कार्यक्रम सम्पन्न भयो ।
राष्ट्रिय गीतसँगै मैन प्रज्वलन गरी कार्यक्रमका प्रमुख अतिथी महामहिम राजदूत लोक बहादुर थापा, विशेष अथिती अध्यक्ष घले तथा कार्यक्रमका सभापति एनआरएन बेल्जियमका अध्यक्ष लोक दाहालले सँयुक्त रुपमा कार्यक्रमको शुभारम्भ गर्नुभएको थियो ।

कार्यक्रममा यूरोपका अन्य राष्ट्र तथा अमेरिका र अष्ट्रेलियाबाट पनि एनआरएनका केन्द्र र स्थानीय पदाधिकारीहरुको उपस्थिति रहेको थियो ।
समारोहमा प्रमुख अतिथी महामहिम थापाले राष्ट्रिय उत्थानमा एनआरएनहरुको भूमिकाको सह्राना गर्नुभयो । विशेष अतिथी घलेले २०२० दृष्टिकोण, केन्द्रीय भवन निर्माण, एनआरएन एकता र आवश्यकताबारे प्रकाश पार्नुभएको थियो ।

एनआरएन पोर्चुगलका उपाध्यक्ष कमल गुरुङ, नेदरल्याण्डका अध्यक्ष मनहरि शर्मा, बेलायतबाट के.स. योगेन क्षेत्री, निवर्तमान अध्यक्ष बेलायत मच्छिन्द्र गुरुङ,   डेनमार्कबाट सोम सापकोटा, स्वीजरल्याण्डबाट बिनय श्रेष्ठ, जर्मनका अध्यक्ष बिजय मोक्तान, अमेरिकाबाट सोनाम लामा, यूरोप सँयोजक कुल आचार्य, यूरोप उपसँयोजक प्रेम गुरुङ, जर्मनीबाटै दावा शेर्पा, केन्द्रीय प्रवक्ता रञ्जु थापा, महिला सहसँयोजक रजनी प्रधान, के.स. जमुना घले, केन्द्रीय सल्लाहकार त्रिलोक गुरुङ, पुष्प थापा, केन्दीय सचिव अर्जुन श्रेष्ठ, केन्द्रीय संरक्षक दिल गुरुङ, बेल्जियमका नेपाली पर्यटन दूत शिव बरुवाल आदिले मन्तव्य व्यक्त गर्नु भएको थियो ।

सो अवसरमा धन्यवाद ज्ञापन गर्दै बेल्जियमका निवर्तमान अध्यक्ष गँगाधर गौतमले  हालैमात्र नेपालका विभिन्न भागमा भएको प्राकृतिक विपत्ति र  बाढीपीडितका लागि सँकलित २० लाख रुपयाँ बराबरको चेक हस्तान्तरण गर्नु भएको थियो ।

कार्यक्रममा स्वागत मन्तव्य बरिष्ठ उपाध्यक्ष कमल पन्थी र  सँचालन महासचिव आङमाया लामाले गर्नुभएको थियो ।

 – दीपेन्द्र केसी