एनआरएन सँघको गल्फ संयोजकमा तिन जना इच्छुक

दोहाको एक कार्यक्रममा गैर आवासिय नेपाली संघ (एनआरएन) को गल्फ संयोजकमा आर. के. शर्माले उम्म्द्वारी घोषणा गरेका छन्।

अघिल्लो कार्यकाल एनआरएनए आइसीसी सदस्यमा मनोनित शर्माले १३ वर्ष देखि कतारमा व्यवसाय गर्दै आएका छन् ।

गल्फ संयोजककै लागि ओमानबाट डिबी क्षेत्री र बहराइनबाट जेपी सापकोटाले उमेद्वारी घोषणा गरिसकेका छन्। आगामी अक्टोबर १४ देखि काठमाडौंमा एनआरएनको ७ औं महाधिवेशन हुँदैँछ। जसले नयाँ नेतृत्वको चयन गर्नेछ ।