May 192015
 
Share on FacebookTweet about this on TwitterShare on Google+Print this page

नेपालमा गएको विनाशकारी महाभूकम्पबाट पिडित नेपालीहरुको सहयोगार्थ एनआरएन बेल्जियमले साठी लाख रुपैयाँ 10985383_838635426229567_9186794775673668037_nभन्दा बढी रकम संकलन गरेको छ । संकलित रकम मध्ये पैतिस लाख बाह्र लाख पाच सय रुपयाँ पीडितका लागी एनआरएन राहत कोषमा जम्मा गरिएको छ । नेपालमा महाभूकम्प गए लगत्तै एनआरएनले स्थानीय समुदाय, बिभिन्न संघ संगठन र ब्याक्तिबाट आर्थिक संकलन कार्य शुरु गरेको थियो ।

बेल्जियमका विभिन्न शहरमा आर्थिक संकलन कार्य भैरहेको जानकारी गराउदै पिडितलाई पुनर्स्थापना गर्ने अभियानमा सहयोग सधै जारी रहने एनआरएन बेल्जियमका अध्यक्ष प्रेम गुरुङले बताए।

एनआरएन बाहेक अन्य संघ संगठनहरुले पनि अहिले सम्म हजारौ युरो संकलन गरेका छन। पछिल्लो समय एनआरएन लगायत अन्य संघ संगठनले मृतकको सम्झनामा आयोजित द्विप प्रज्वलन कार्यक्रममा स्थानीय समुदाय लाई सहभागी गराई  सहयोग गर्न आव्हान समेत गरेका छन।

 Leave a Reply

(required)

(required)


*