एनआरएन बेल्जियमको निर्वाचनमा हार्नुको मज्जा बेग्लै

आईतवार सम्पन्न एनआरएन बेल्जियमको निर्वाचनमा पराजित यामु निरौलाले आफ्नो फेसबुक मार्फत YAMU

‘मेरा पत्यासी लगायत सबै पक्षबाट एनआरएन बेल्जियमको सर्वसम्मत महासचिव स्वीकारेको अवस्थामा चुनावमा गएर हार्नुको पीडाको मज्जा बेग्लै !’ भनि लेखेका छन ।

सबै पक्ष मिलेर जादा महासचिब पदमा सर्वसम्मत स्वीकार गरिएका व्यक्ति निर्वाचनमा भने ६२ मतले लोक दाहाल संग पराजित भएका थिए । नेपालमा रहदा जेसिसको महत्वपूर्ण पदमा रही कार्य गरेका कुशल बक्ता निरौला बेल्जियममा साग्रिला समाज बेल्जियमको अध्यक्ष हुदै विभिन्न किसिमले सामाजिक कार्यमा तत्पर थिए ।

धेरैबाट रुचाईएका व्यक्ति निर्वाचनमा भने पराजित भए। पराजयलाई कसैले दाहालले भूकम्प पिडितलाई पुर्याएको सहयोगलाई तत्कालिन कारण भनेका छन् भने धेरैले निरौलाको आफ्नै पार्टीको आन्तरिक कारण भनेका छन् ।

निरौलालाई नेकपा एमाले निकट प्रवासी मंचले समर्थन गरेको थियो भने दाहाललाई नेपाली कांग्रेस निकट जनसम्पर्क समिति, एमाओवादी निकट जनप्रगतिशील मंच बेल्जियम, नेकपा माओवादी निकट जनप्रगतिशील मोर्चा बेल्जियम र संघिय समाजबादीले सहयोग गरेका थिए।