एनआरएन बेल्जियमका अध्यक्ष सम्मानित

बाग्लुंग समाज बेल्जियमले एनआरएन बेल्जियमका नव निर्वाचित अध्यक्ष गंगाधर गौतमलाई सम्मान गरेको छ । नेपालमा संबिधान जारी भएको खुशियालीमा विहिवार लुभेनमा आयोजित कार्यक्रममा गौतमलाई सम्मान गरिएको हो । गौतम बाग्लुंग समाज बेल्जियमका सल्लाहकार हुन्।bgl
बाग्लुंगबाट बेल्जियम आई बसोवास गर्ने बाग्लुङगेली सबैले गौतम बाग्लुंगवासी भएको नाताले आफुलाई गर्व लागेको बताएका थिए । समाजका उपाध्यक्ष मोहन पन्त, सल्लाहकार गंगाप्रसाद आचार्य, ईन्द्र क्षेत्री र माधव सापकोटाले नव निर्वाचित एनआरएन अध्यक्ष गौतम बाग्लुङगेली भएकोमा बेग्लै किसिमको खुशी लागेको उल्लेख गर्दै आगामी कार्यकालको सफलताको शुभकामना दिएका थिए।
कार्यक्रममा अनेसास बेल्जियमका अध्यक्ष दीपेन्द्र के.सी., नवलपरासी सहायता कोषका अध्यक्ष रमेश सापकोटा , नेपाली ब्याबसायी संघ बेल्जियमका उपाध्यक्ष कमल भारती , क्षेत्री समाज बेल्जियमका महासचिव नरेन्द्र वस्नेत, साग्रिला समाज बेल्जियमका महासचिब परमानन्द सापकोटा, पर्वत समाज बेल्जियमका सदस्य झलक केसी, गैर आवासीय नेपाली दुर्गा सापकोटा र चिरन खवास लगायत अन्य नेपालीहरुले गौतमलाई शुभकामना दिएका थिए ।
नव निर्वाचित अध्यक्ष गौतमले बाग्लुंग वासीले देखाएको सदासयता प्रति कृतज्ञता व्यक्त गरेका थिए। उनले निर्वाचनमा सहयोग र समर्थन गर्ने बेल्जियमबासी नेपालीहरु प्रति आभार प्रकट गर्दै गौतमले सबैको आपसी एकता र सहयोगमा नेपाल र नेपालीको हितमा कार्य गर्ने बताए । उनले नेपालमा संबिधान जारी भएकोमा खुशी व्यक्त गर्दै संबिधानमा एनआरएनलाई सम्बोधन एनआरएनहरुको गर्वको बिषय भएको बताए ।
बाग्लुंग समाज बेल्जियमका अध्यक्ष देबु शर्मा पौडेलको सभापतित्वमा सम्पन्न कार्यक्रमको संचालन महासचिव कृष्ण श्रेष्ठले गरेका थिए ।