एनआरएन अध्यक्ष घलेको उपस्थितिमा लक्जेम्बर्गमा अन्तर्क्रिया सम्पन्न

एनआरएन लक्जेम्बर्गले एनआरएन अध्यक्ष शेष घलेको उपस्थितिमा अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ । शुक्रवार12404352_143999672637997_1070541647_n आयोजित बिशेष कार्यक्रममा नेपालमा गएको भूकम्प र नाकाबन्दीको असर बाट उत्पन्न समस्या बारे छलफल गरिएको एनआरएन लक्जेम्बर्गका महासचिव बिमलबाबु उपाध्यायले जानकारी गराए।

कार्यक्रममा घलेले एनआरएनले भूकम्प पिडितको लागी बनाइने १००० घर निर्माण प्रक्रियाका लागी सरकार संग कुराकानी भैरहेको र नाकाबन्दीको असरबाट चिकित्सा क्षेत्रमा उत्पन्न गंभिर समस्या समाधानमा सहयोगी बन्न औषधि पठाई सकेको जानकारी गराएका थिए । उनले एनआरएन मुलुकमा पर्ने भैपरी समस्या समाधानको लागी सधै योगदान तयार रहेको जानकारी गराएका थिए ।

एनआरएन लक्जेम्बर्गका अध्यक्ष रमेश तोयानाको सभापतित्वमा सम्पन्न कार्यक्रमको संचालन महासचिव बिमल बाबु उपाध्यायले गरेका थिए। कार्यक्रममा  एनआरएन सल्लाहकार पीजी शेर्पा, एनआरएन युरोप उप संयोजक प्रेम गुरुङका साथै लक्जेम्बर्ग स्थित थुप्रै नेपालीहरु उपस्थित थिए । घले व्यक्तिगत भ्रमणको शिलशिलामा  विहिवार युरोप आएका थिए।12434159_143999549304676_1658564295_n