एनआरएन अध्यक्षमा टीबी कार्कीद्वारा उम्मेदवारी घोषणा

गैरआवासीय नेपाली संघ (एनआरएन)अन्तर्राष्ट्रिय समन्वय समितिको अध्यक्षमा टीबी कार्कीले आफ्नो उम्मेदवारी घोषणाtb-karki-vice-president गरेका छन् । कतारमा पत्रकार सम्मेलनको आयोजना गरी आफ्नो उम्मेदवारीको घोषणा गरेका कार्कीले अहिले सम्म एनआरएनलाई गरेका नेतृत्वभन्दा कम ढंगले काम नहुने बताए। साथै उनले एनआरएनलाई पूर्ण क्षमताको साथ नेतृत्व प्रदान गर्ने समेत बताए। उनले खाडी क्षेत्रबाट प्रतिनिधित्व गर्दछन ।

विदेशमा बस्ने नेपालीको हितको लागि काम गर्न सकिने भन्दै उनले २७ बुँदे घोषणा पत्र समेत सार्बजनिक गरेका छन् । कार्कीले कतारमा व्यबसाय गर्दै आएका छन् । सन् २००६ देखि एनआरएन अभियानमा हिँडेका उनले आईसीसी सदस्य, सचिव हुँदै हाल उपाध्यक्ष छन् । एनआरएनको आगामी अक्टोबर १४ देखि १७ सम्म काठमाडौंमा बिश्व सम्मेलन हुँदैछ ।

कार्कीले बैदेशिक रोजगारीलाई ब्यबस्थित, मर्यादित, सुरक्षित बनाउनको लागि २० करोड रुपैयाँसम्मको कल्याणकारी कोष बनाउने आफ्नो योजना रहेको बताए ।‘एक हजार भूकम्प पीडितलाई भबन हस्तान्तरण, एनआरएन भबनको निर्माण, बिदेशस्थित नेपाली दूताबासको क्षमता अभिबृद्धि र स्तरीकरणको लागि निरन्तर प्रयास हुनेछ’, उनले भनेका छन्,।’

कतारका ब्यबसायी, सामाजीक तथा बैचारिक संस्थाहरुले कार्कीको उम्मेद्‍वारीलाई खाडी क्षेत्रको उपलब्धीको रुपमा लिँदै सफल बनाउनुपर्नेमा जोड दिएका छन् । खाडीका श्रम सवालको सही ढंगले केन्द्रीय तहमा उठाउन एनआरएनमा खाडीबाट नेतृत्व आवश्यक रहेको उनीहरुले बताए ।