एनआरएनकर्मीद्वारा अक्षयकोषको स्थापना

पर्वत जिल्लाको  फलेवास स्थित जिल्ला कै सबै भन्दा पुरानो क्याम्पस  पर्वत बहुमुखी क्याम्पसमा एनआरएन Arjun shrestha 3सचिव अर्जुनकुमार श्रेष्ठले २५ लाख रुपयाँको अक्षयकोषको स्थापना गरेका छन । एक साता अघि क्याम्पसको रजत जयन्ती समारोहका बीच उनले हजुरबुबा स्व जी देवीप्रसाद श्रेष्ठको नाममा अक्षयकोष स्थापनाको घोषणा गरेका हुन् ।

रजत जयन्ती समारोहमा सहभागी हुन् पाएकोमा खुशी व्यक्त गर्दै उनले भने ’शिक्षा नै मानिसको सर्वोत्तम धन हो, सर्वोत्तम धन प्राप्त हुने ठाउका साथै आफ्नो जन्मस्थलमा सहयोग गर्न पाएकोमा खुशी लागेको छ ।’ रजत जयन्ती कै लागी बेल्जियममबाट पर्वत पुगेका श्रेष्ठले परोपकारीता नै सबै भन्दा ठूलो मानवीय धर्म भएको बताउदै परोपकारी कार्य कै लागी प्रवासमा एनआरएन गठन गरिएको बताए ।

उक्त अवसरमा श्रेष्ठले ७ लाख भन्दा बढी नगद र करिब ८ लाख बरावरको जग्गा समेत प्रदान गरे ।  उक्त क्याम्पस स्थापना गर्न अहम भूमिका निभाएका कुर्धा स्थित क्याम्पस सस्थापक सदस्य पण्डित लिलाधर उपाध्यायको भूकम्पले प्रभावित घर मर्मतको लागी समेत १ लाख रुपैया गरी झन्डै ४० लाख रुपैया भन्दा बढी सहयोग उपलब्ध गराएका छन ।

त्यसै गरी श्रेष्ठले आफुले अध्यान गरेको श्री जनता माबिको भवन मर्मतकालागी २ लाख रुपैया प्रदान गरेका छन । यस अघि नै उनले उक्त बिद्यालयलाइ ह्याण्ड नेपाल संगको सहकार्यमा ६ थान कम्प्युटरका साथै यस अघि नै उक्त स्कुलमा समेत हजुरबुबा स्व जी देवीप्रसाद श्रेष्ठको नाममा१ लाख भन्दा बढी रुपैयाको अक्षयकोष स्थापना गरेका थिए । श्रेष्ठ बिगत डेढ दशक देखी बेल्जियममा आफ्नो व्यावसाय संचालन गर्दै सामाजिक कार्यमा सहयोगका साथ सक्रिय रहदै आएका छन । केहि समय अघि कलाकार मंच युरोपले पहिलो पटक श्रेष्ठलाइ युरोपको सामाजिक वर्ष व्यक्ति २०१६ घोषणा गरेको थियो ।