ईयु र टर्की बीच शरणार्थी समस्याका विषयमा छलफल

युरोपेली युनियन र टर्कीबीच शरणार्थी समस्याका विषयमा आगामी मार्च महिनामा विशेष बैठक हुने भएको छ ।
european-commissionयुरोपमा पछिल्लो समयमा निकै ठूलो सङ्ख्यामा शरणार्थी प्रवेश गरिरहेका छन् । जसका कारण युरोपेली देशहरुमा व्यवस्थापनका लागि गाह्रो भएको छ । सोही विषयमा उक्त बैठकको आयोजना गरिएको युरोपेली परिषदका अध्यक्ष डोनाल्ड टस्कले जानकारी गराएको शुक्रबार जनाइएको छ ।
‘ हामी टर्कीसँग यसै विषयमा बस्ने भएका छौँ र यसको व्यवस्थापनका लागि टर्कीको समन्वय र सहयोग पनि आवश्यक छ’  टस्कले बताए ।
पछिल्लो समयमा युरोपमा जबर्जस्त प्रवेश गरेका ती शरणार्थीहरुको प्रमुख प्रवेशद्वार टर्की मानिन्छ । टर्कीमा सिरियाबाट पनि ठूलो सङ्ख्याका शरणार्थी पुगेका छन् । उनले  शुक्रबर ब्रसेल्समा आयोजना गरेको  पत्रकार सम्मेलनमा सो जानकारी गराएका हुन् । उनले भने ‘पछिल्ला केही महिनामा यो शरणार्थी समस्या झन जटील बन्दै गएको छ । त्यसैले टर्कीसँग यो बैठक गर्नु जरुरी छ ।’ एएफपी