Mar 222015
 
Share on FacebookTweet about this on TwitterShare on Google+Print this page

Yubaraj gurung“When you come to the end of your rope, tie a knot and hang on.”—Franklin D. Roosevelt
अर्थात ‘डोरिको अन्त्यमा आइपुगे पछि त्यसलाई गाँठो पार अनि झुन्ड्याउ’। ता कि बन्धनको डोरिको पोयो नफुकोस र आफु पछिकाले सजिलै सम्हाल्न सकोस् । वास्तबमा जीवनको गोरेटोमा आउने सबै खाले चुनौती र अबसरलाई ब्यक्तिगत वा संस्थागत के हो राम्ररी केलाएर आत्मासाथ गर्दै छिनोफानो गर्न सकियो भने त्यहि बिषयले घरि घरि आफ्नो सामाजिक जीवनमा घोची रहदैन । बरु बैयक्तिक सम्स्या र चुनौती भने समय काल र परिस्थितिले गर्दा कैयन अवस्थामा गुम्स्याएर राख्नु पर्ने पनि हुन्छ, त्यसमा पनि हाम्रो जस्तो आडम्बर, ढोंग र रुढिबादी सामाजिक संरचना भित्र । सामाजिक तथा भाबनात्मक बन्धनको रूपमा रहेको ईपर परियोजना बिशुद्द सामुहिक र संस्थागत दायरा भित्र थियो र यसको बहश र निर्माण प्रकृया पारदर्शी रूपमा अपेक्षित थियो ।

पूर्व राजदूत महामहिम प्रमेश कुमार हमाल समक्ष एन आर एनले ईपरमा गोर्खाजको सम्मानार्थ स्मारक बनाउन प्रस्ताब राख्यो । नेपाली समुदायको त्यो ‘सेन्टिमेन्ट’लाई उनले तुरुन्तै कार्यान्वयन गर्न शुरु गरे । अध्ययन समिति बन्यो, समितिले तीन हप्तामा प्रतिबेदन बुझायो, राजदूतले प्रतिबेदनको सुझाब अनुसार काम फटाफट गरे, तत्काल ईपर भ्रमण गरे, भेट बार्ताबाट आबस्यक अनुमति प्राप्त गरे र प्रकिया अघि बढाए । उनको बेल्जियम बसाइको अबधि सकियो, सामाजिक बन्धनरूपी ईपरको डोरिलाई राम्ररी गाँठो पारे अनि झुन्ड्याइ दिए – सबैले देख्ने गरि । बर्तमान महामहिम राजदूत राम मणी पोखरेलद्वारा त्यहि गाँठो समात्नुको बिकल्प थिएन, समाते र अघि बढे – बढ्नु पनि पर्थ्यो ।

“परिस्थिति सँग बाझ तर नरिसाउ” रविन्सन क्रुशोले त्यसै भनेका हैनन् । बेल्जियमको परिस्थिति सामान्य स्थिर नै थियो तर नेपालको राजनीतिक फेरबदल र दलको आन्तरिक बिग्रहको राप र तापले प्रबास पनि सेकिने नै भयो – सेकियो पनि । ईपरको बिषयलाई नेपाली राजनीतिको चश्मा लगाएर स्केच गर्न थालियो । ईपर एक, चित्र अनेक देखिन थाल्यो । चश्माको रंग अनुसार व्याख्या पनि अलग अलग हुने नै भयो । खाली आँखाले ईपरको स्केच गर्नेहरु भिडमा हराए । अध्ययन प्रतिबेदनको पानाहरु खोपिमा थन्किए । समुदायको ‘सेन्टिमेन्ट’, ईपरको अध्ययन प्रतिबेदन भन्दा बिल्कुल फरक धारमा गयो । कोहि परिस्थितिसँग बाझ्न थाले, कोहि रिसाउन थाले त कोहि बिबादित परिस्थिति माझ चल्खेल गर्न थाले । अख्तियार प्राप्त दुताबास चाँही नितान्त नयाँ जुक्ति निकाल्न लागेका रहेछन भन्ने अहिले आएर थाहा भयो ।

ईतिहास रचेर राम्रो कामको जस लिन खोज्नुलाई अस्वाभाबिक मान्न सकिन्न, मात्रै त्यो तर्क संगत र सामाजिक न्याय संगत छ छैन भन्ने हो । एक दशक भन्दा पहिले देखि निरन्तर श्रद्धाका फूल चढाउन अगुवाइ गर्ने तमु समाज र सबैको साझा संस्था एन आर एनले अग्रणी भूमिका खोज्नुलाई स्वाभाबिक मान्न सकिन्छ । ईपरमा स्मारक अभियानले सार्थकता पाउन र सबैले अपनत्व महशुस गर्ने राम्रो अबसर पनि थियो । तर चरण चरणका सँबादहरु तत्थ्यपरक आधारमा र सौहाद्र बातावरणमा भएनन् । तमू समाज र एन आर एन बिच दूरी बढाउन खोज्ने प्रब्रित्तिहरुलाई निरुत्साहित गर्न सकिएन । यो अप्रत्याशीत द्वन्दमा जिम्मेवार समाजका अगुवाहरुले पनि आफ्नो भूमिका प्रति आत्मा समिक्षा गरुन । समाजको साझा बिषयमा मत भिन्नता देखिंदा मूक दर्शक बन्ने, सार्वजनिक रूपमा आफ्नो धारणा ब्यक्त नगर्ने, सबैको प्यारो मात्र हुन खोज्ने अनि भित्र भित्रै मान्छे उराल्ने, उत्तेजित गराउन भूमिका खेल्ने जस्ता घातक प्रब्रित्तिहरु पनि केहि अगुवाहरुमा देखियो । त्यस्ता प्रब्रित्तिको पुनराब्रित्ति समाज बिकासको क्रममा अब देखिनु हुन्न । ईपरको मात्र सवाल हैन, हिजो नेपाल हाउस भनौ या भोली कुनै साझा सवालका बिषयहरुमा पनि समाजका अगुवाहरुले साझा दृष्टि्कोण बनाउन जरूरी छ । अभिभाबकको भूमिकाको बारेमा त टिप्पणी गर्नु आबस्यक नै छैन, किनकी हामी सबै कुनै न कुनै रूपमा अभिभाबकिय भूमिका निर्बाह गरि रहेका छौं ।

“सच्याएको गल्ति बिलाएर जान्छ, नसच्याएको गल्ति भित्र भित्रै कुहिन्छ” लेनिनको यो भनाइ हरेक प्रगतिबादी सोंच राख्नेहरुका लागि प्रेरक भनाइ हुन सक्छ । बेल्जियमको ‘फ्लान्दर फिल्ड’मा मात्र सात हजार भन्दा बढिले ज्यानको आहूती दिएका नेपाली गोर्खाजहरुको सम्मानमा स्थापित यो स्मारकमा अन्तरमन देखि श्रद्धाका फूल चढाउने हातहरु यिनै हुन जो यो वा त्यो कारणले असन्तुष्ट छन् । पृथ्वीमा प्रलय नहोउन्जेल, मानब सभ्यता रहुन्जेल र बेल्जियमका नेपाली समुदाय साक्षी रहि रहने यो दिर्घजिबी स्मारकलाई दूताबासले निम्न कुरामा तदारुकता देखाएर नेपाली समुदायको मन थमाउन प्रयास गर्न सक्दछ र अभिभाबकिय भूमिका ढिलै भए पनि प्रदर्शन गर्न सक्दछ । ‘दुःख बाँडे आधा हुन्छ, सुख बाँडे दोब्बर’ – बुढा पाकाले त्यसै भनेका हुन र !

स्मारक बन्नु थियो, बन्यो । यसरी बन्यो भन्नु बनाउनेको दायित्व हो । त्यसलाई स्विकार्ने या नस्विकार्ने भन्ने हरेकमा अन्तर निहित अधिकार छदैछ । हामी आफ्नो भूमिमा छैनौ, बिबादित बिषयहरुलाई सरोकार पक्षहरुले एकै ठाउँ बसी आत्मा समिक्षा गर्दै सहजतातिर उन्मुख हुनुपर्दछ । हामी पछौटे समाजबाट धकेलिदै यहाँ सम्म आइपुगेका छौं र धेरै कुरा देखे भोगेका छौं, तिनलाई सिकेर अब व्यबहारमा राम्रो उतार्ने प्रयत्न गरौँ । सचेत समुदायले हरेक बिषयहरुमा सकृय सहभागिता खोज्छ भन्ने मूलमन्त्रलाई नजर अन्दाज नगरौं । यस बिषयमा सहजता तिर उन्मुख हुन सुझाबका पाँच बुँदाहरु प्रस्तुत छन् ।
१, दूताबासले सरोकारवाला सबै संघ संस्थाका प्रतिनिधिहरु र संचारकर्मिहरुलाई बोलाएर लोकार्पणको लागि आबस्यक सुझाब लिने ।
२, हाल सम्म भए गरेका प्रगति विवरणहरु पारदर्शी ढंगले सार्वजनिक गर्ने ।
३, आर्थिक ब्ययभार बेल्जियमकै नेपाली समुदायबाट संकलन गरि पूरा वा आँशिक रूपमा ब्यहोर्ने र राज्य कोष (?)को खर्च फिर्ता गर्ने । यस्ले मात्र बेल्जियमका नेपालीले अपनत्व महशुश गर्न सक्छन् ।
४, बुंदा ३ स्विकार्य भएमा अहिले देखिएको, प्रतिमामा लेखिएको शन्देस सच्याउने –
धातु पत्रको माथिल्लो भागमा लेखिएको ठिकै छ तर तल्लो भागलाई यसरै सच्याईए सबैले गर्व गर्न सक्छन् –
“On behalf of Nepali community in Belgium & Nepal government, the symbol of peace & bravery inaugurated by HE Ambassador Ram Mani Pokharel in ….”
५, एक दशक भन्दा अघि देखि श्रद्धाका फूलहरु चढाउन अगुवाइ गरि रहेको तमु समाजलाई बर्षेनि श्रद्धान्जली सभाको आयोजना गर्न निरन्तरता दिने ।

जीवन छोटो छ, त्यसैले महत्वपूर्ण छ । यो छोटो तर महत्वपूर्ण समयको सदुपयोग गर्ने पहिलो अभिभारा अभिभाबकको हो, हामीले त अपेक्षा गर्ने हो, सहयोगि बन्ने हो । सामाजिक बन्धनको डोरिलाई राम्ररी बांधेर परिस्थिति सँग नरिसाइ गल्ति सच्याइयो भने नेपाली मन न हो – फर्कन्छ र हामी बिचको सद्भाब पुर्ववत रहन्छ ।

युबराज गुरुङ्ग, आन्तवर्प, बेल्जियम

 Leave a Reply

(required)

(required)


*