ईन्द्रधनुष क्लव बेल्जियमको अध्यक्षमा मिन गुरुङ

indraईन्द्र धनुष क्लव बेल्जियमको अध्यक्षमा मिन्द गुरुङ निर्वाचित भएका छन। आइतवार सम्पन्न  क्लवको आठौं अधिबेशनबाट उनि अध्यक्षमा निर्वाचित भएका हुन् । आगामी दुई बर्षे कार्यकालको लागी उपाध्यक्षमा भोज जिसी, महासचिवमा विश्वराज अर्याल निर्वाचित भएका छन ।

त्यसै गरी सह कोषाध्यक्षमा रेना बस्नेत र सदस्यहरुमा जगदिश सापकोटा, सुवर्ण अधिकारी, भरतमान श्रेष्ठ, नरहरी सापकोटा, गोपाल सिंखडा, जनक सुबेदी, निमा शेर्पा र अन्जन भट्टराई रहेका छन ।