Jan 212016
 
Share on FacebookTweet about this on TwitterShare on Google+Print this page

two ladiesमिलाउने ? कसरी श्रीमतीको मन राख्ने ? समाजमा कसरी स्थापित हुने ? आदि । सुनौलो भविष्यको कामना गर्दै सँगै मर्ने बाँच्ने कसम खाएका कतिपय जोडीको यात्राबीचैमा नराम्रोसँग तोडिएको देखिन्छ, नतोडिएका पनि लोकलाजका कारण व्यक्त नगरे पनि तुस सङ्गालेर बसेका हुन्छन् । थोरैको मात्र यात्रा सफल भएको देखिन्छ । बुहारी मात्रै होइन असल ज्वाइँ नपाउँदा छोरीको भविष्य डामाडोल भएका उदाहरण पनि ब्रगेल्ती देखिन्छन् । असल छोरी तर ज्वाइँको खराब व्यवहारका कारण यातनाको शिकार भएका धेरै उदाहरण छन् ।
तपार्इंलाई दाइजो चाहिन्छ कि असल बुहारी ? कसैले यो प्रश्न ग¥यो भने जवाफमा मिश्रित प्रतिक्रिया देखिन्छन् । एकथरि सम्पत्तिको लागि मरिहत्ते गर्छन् । उनीहरूलाई बुहारी जस्तोसुकै भए पनि सम्पत्ति भने टन्न चाहिन्छ । अर्काथरिको विचार अलि भिन्नै हुन्छ, बुहारी असल चाहिन्छ, सम्पत्ति हातको मैला हो अर्काको सम्पत्तिमा ¥याल काड्नु किमार्थ राम्रो कुरा होइन । तराई भेगमा अझैसम्म पनि दाइजोको तुस नराम्रोसँग गाँजिएको अवस्था छ । ज्वाइँको योग्यता अनुसार छोरी पक्षले मोल तिर्न राजी हुनुपर्छ । आर्थिकरूपमा सक्षमलाई खासै फरक नपरे पनि कमजोरको एउटा छोरीको विवाह गर्दा उठिबास हुनुपर्ने अवस्था छ । पढेलेखेका युवाले एकाध प्रयास गर्दा पनि दाइजो प्रथा तराईबाट हट्नसकेको छैन । तराईमा हुनेले भएर खर्च गर्छन् नहुने ऋण खाजेर छोरीको विवाहमा भनेजति दाइजो दिन्छन् । त्यही दाइजोमा लिएको क्रृण तिर्न नसक्दै मर्छन् । पुस्तौँसम्म ऋण तिर्दैमा उसको सारा सम्पत्ति सकिन्छ तर पनि सामाजिक रीति त्याग्न तयार हँुदैन ।
तराईमा दाइजोका कारण बर्सेनि दर्जनौँ महिलाको हत्या हुने गरेको छ । घरेलु हिंसाका शिकार हुने महिलाको सङ्ख्या निकै धेरै छ । जति धेरै दाइजो ल्यायो उति घर परिवारको प्यारो बन्न सकिन्छ भन्ने गलत मानसिकता विद्यमान छ । तराईको तुलनामा पहाडी भेगमा दाइजोको कडिकडाउ केही खुकुलो छ तर सहरी भेगमा भने दाइजो तराई भेगमा भन्दा पनि चर्कोरूपमा मौलाएको पाइन्छ । तराईमा तोकिएको छ सहरी भेगमा तोकआदेशबिना नै कारोबार भइरहेको छ । काठमाडौँमै दाइजोका कारण हिंसाको शिकार हुने महिलाको सङ्ख्या पनि निकै छ । कतिपयले व्यक्त गर्छन् कतिपयले सामाजिक बाध्यताका कारण व्यक्त गर्न सक्दैनन् तर पनि राजधानीमा दाइजोको प्रकोप बढ्दो छ । अपवाद पनि यही सहरमा देखिनथालेका छन् । दाइजोकै कारण जेठा छोरा बुहारीको मिलन नभएपछि विरक्तिएकी एक आमाले आफ्नो कान्छो छोराको विवाह एक रुपियाँ पनि दाइजो नल्याइकन गर्ने बताइन् । राधाकृष्ण मन्दिरमा दर्शनका लागि पुगेकी उनले पुरोहितसँग विवाहको साइत जुराउँदै भनेकी थिइन्– काठमाडौँमै घर छ, छोराहरूको आफ्नै व्यवसाय, सम्पत्तिको कमी छैन तर पनि हुनेवाला बुहारी सकभर सरकारी जागिरे होस्, नभए प्राइभेट भए पनि जागिर खाएकी होस् अरू केही चाहिँदैन । ती आमाले भनेको कुरामा दुईवटा तर्क देखिन्थे, एउटा उनको जेठो छोराले सम्पत्तिवालाकी छोरी भिœयाउँदा सम्बन्धमा देखिएको तिक्तता । अर्को, दाइजो होइन असल बुहारी परिन् भने जिन्दगीभर ढुक्कले घर चलाउन सकिने भयो ।
सम्पत्तिको लागि बुहारी भिœयाउनेभन्दा पनि योग्य र सक्षम बुहारी भिœयाउनेतिर ध्यान जानु जरुरी छ । आजको आधुनिक जमानामा पनि हामी पुरानै सोचमा सिमित भई अर्काको सम्पत्तिमा लडिबढी गरौँला भन्ने मानसिकतामा रह्यौँ भने सामाजिकरूपमा विकास हुनसक्दैन । संस्कार जोगाउने नाममा विकृतिलाई आत्मासात् गर्ने परिपाटीको अन्त्य गर्नु जरुरी छ । हरेक आमा बुबाले सम्पत्तिवाला बुहारी होइन असल चरित्रकी र योग्य बुहारीको खोजी गर्नुप¥यो । टन्न सम्पत्ति भएको ऐश आराम चाहने ज्वाइँभन्दा सत्चरित्रवान, योग्य र सक्षम ज्वाइँको खोजी गर्नुप¥यो । असल व्यवहार भएको खण्डमा पारिवारिक विचलनको अवस्था उत्पन्न हुँदैन, पारिवारिक विचलन नभएपछि हत्या हिंसा र बेमेलका घटनामा पनि स्वतः कमी आउँछ । छोराले असल श्रीमती र छोरीले असल श्रीमान् खोज्ने हो भने घरपरिवारले पनि सम्पत्तिवाला नहेरी असल बुहारी र असल ज्वाइँ खोज्न बाध्य हुन्छन् ।

यमुना अर्याल (काफ्ले)

 Leave a Reply

(required)

(required)


*