अब ड्राइभिङ लाइसेन्सको आवेदन अनलाइनबाटै

license-drivingयातायात व्यवस्था कार्यालयले चालक अनुमति पत्र (लाइसेन्स) का लागि अनलाइनबाटै आवेदन दिने व्यवस्था गरेको छ ।
आवेदन बुझाउन लाग्ने गरेको ठूलो भीडलाई मध्यनजर गर्दै यातायातले आइतबारदेखि अनलाइनबाटै आवेदन लिन सुरु गरेको हो ।
यातायात व्यवस्था विभागको बेवसाइट dotm.gov.np मा गएर फाराम भर्न सकिन्छ । अनालाइनबाट अावेदन दिने सुविधा २ पांग्रे सवारी साधनकाे मात्र रहेकाे जनाइएकाे छ ।

अनलाइनबाट फारम भरी सिस्टमले एसेप्ट गरेपछि आवेदकले एउटा प्रिन्ट पेपर पाउँछन् । पेपरमा तोकिएको समयमा आवेदक पुनः फोटो र फिंगरप्रिन्टका लागि तोकिएको स्थानमा पुग्नेछ । प्रत्येक आवेदकलाई छुट्टाछुट्टै समय दिइने भएकाले यसबाट यातायात कार्यालयमा हुने अव्यवस्था हट्ने अपेक्षा गरिएको छ ।