अफ्रिकामा पनि तिज

हरेक बर्ष झैँ यसबर्ष पनि दर खाने दिन पारेर गैर आवासीय नेपाली संघ, युगान्डाले आयोजना गरेको तीज बिसेष कार्यक्रम हरितालिका साँझ यसै १५ सेप्टेम्बर २०१५ मा सम्पन्न भएको छ | कार्यक्रममा सत्तरी नेपालीको उपस्थिति रहेको भए पनि महिलाको न्यून उपस्थिति देखिएको थियो |

Happy-TEEJसंस्थाका युगान्डाबाट अन्तराष्ट्रिय प्रतिनिधि जीव नाथ पंगेनी, उपाध्यक्ष कृति बहादुर थापा, सल्लाहकार प्रकाश लम्साल, लिलु थापा लगायत को मन्तब्य पछी कार्यक्रम संचालक समेत रहनु भएका स्थानीय कलाकार तेजेन्द्र विवशले सांस्कृतिक फाँटलाइ सम्हाल्दै नाचगान शुरु गगरेका थिए | रास्ट्रिय कलाकारको रुपमा आधुनिक र लोक दोहोरि गरि आधा दर्जन गित गाइसकेका निबर्तमान तथा बर्तमान गैर आवासीय नेपाली संघ, युगान्डाका अध्यक्ष रमेश कंडेलले अफ्रिकामा बिग्रदै गएको नेपाली परिवेशमा व्यंग्यात्मक प्रहार गर्दै तिजी भाकामा आइयो घर छोडेर अफ्रिका कमाउन ! के रहिछ खै यतै थालियो रमाउन !! || बिग्रीयो बानि !!! दिल बस्यो कालिमा, क्यासिनो जानिमा, जाँड रक्सि खानीमा, ओइ घर क्यारी जानी ??? भन्ने जस्ता गीत मादलको तालमा गाउँदा तालि बजेको थियो भने त्यो लतमा फस्नेहरु पानी पानी भएका थिए |

teej in ugandaत्यस्तै अहिलेका नया भाकामा “नपढेरै हो” “सिंगापुर डलर” “पानि पुरी” “भुरुङ नाचेको जस्तरी” “मुखैले ठिक्क बनायो” “माइतीघरको कुकुरनी पियारो” र पुरानो भाका “लरक्कै लार्क्यो रातो साडी भुइमा” र “टिपनै सकिन खाइन बरिलै” जस्ता तिज गीतले उपस्थित नेपालीलाई थाक्ने गरि नचाए भने कार्यक्रम स्थलमा कार्यरत अफ्रिकन महिला ले समेत कम्मर मर्काइ मर्काइ जोडदार प्रस्तुति दिए | कार्यक्रमको भरपुर मनोरञ्जन साँझको ८ बजे देखि राति २ बजे सम्म रह्यो |

कार्यक्रमको अन्त्यमा नेपाली चेलीबेटी लगायत सम्पूर्ण नेपाली हरुको खुसिले आफु हर्षित भएको र हरेक बर्ष हुने तीज कार्यक्रमको लागि आफुले प्रायोजन गर्ने प्रतिबद्दता नव निर्बाचित सचिब समेत रहेका तथा युगान्डामा स्थापित नेपाली ब्यबसायी लियोज रेस्टुरेन्ट का संचालक राजमणि भण्डारीले गरे | राजमणि भण्डारी ज्युको पर्तिबद्दताको कदर गर्दै यस स्वागतयोग्य मन्तव्यले सबै नेपालीको मन जितेको उदघोस गर्दै समापन मन्तब्यसाथ कार्यक्रम समापन भएको अध्यक्ष कंडेल बाट जानकारी भयो |