अनेसास बेल्जियमद्वारा रचनाका लागि आव्हान

INLS belgiumअगस्ट १६ र १७ मा बेल्जियममा हुन गैरहेको युुरोपस्तरीय नेपाली साहित्य सम्मेलनमा प्रस्तुत हुने रचनाहरुको सँकलन  जुलाई मसान्तसम्म रहेकोमा स्रष्टाहरुको अनुकुुलताका लागि अगस्ट १० भित्र आइपुुग्ने गरी समय थप गरिएको कुरा आयोजक अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज बेल्जियमले जनाएको छ ।
स्रष्टाको पासपोर्ट साइजको फोटो र सँक्षिप्त चिनारी सहित आव्हान गरिएको रचना सम्मेलनपछि ग्रन्थको रुपमा प्रकाशन गरिने छ । बेल्जियम वाहेकका अन्य राष्ट्रहरुबाट सहभागी हुने स्रष्टाहरुका रचनाहरुका हकमा भने सम्मेलनकै अघिल्लो दिनसम्म समावेश गरिने भएको छ ।
विधागत रुपमा सम्बन्धित सम्पर्क मेल, अनेसास बेल्जियमको फेसवुक सन्देश बाकस, अनेसासको इमेल वा अनेसास बेल्जियमका पदाधिकारीहरुको फेसबुक सन्देश बाकसमा रचनाहरु पठाउन सकिने छ ।  उपस्थित भै आफै वाचन गर्न असमर्थ स्रष्टाहरुबाट प्राप्त रचनाहरु सम्मेलनमा वाचन गरिने हुँदा उपस्थित हुन असमर्थ साधकहरुले पनि पठाउन सक्नुहुनेछ ।
रचना सम्प्रेषणका लागि सम्पर्क इमेलहरु – anesasbelgium@gmail.com
 नेपाली राष्ट्रिय भाषा र अन्य राष्ट्रभाषाका कविताहरु: सँयोजक- नन्दु घले  nandgh72@yahoo.com
सहसँयोजक- हरि श्रेष्ठ  harati3576@yahoo.com
गजल सँयोजक- बिष्णु सापकोटा  bishnu_2009@yahoo.com
मुक्तक सँयोजक- सौरव कारञ्जित  saurabkaranjit@yahoo.com