अनेसास डेलावर शाखा ​अध्यक्षमा गुणराज लुइँटेल

अमेरिकाको डेलावर राज्यमा रहेका साहित्यप्रेमी नेपालीहरुको एक भेलाले साहित्यकार तथा पत्रकार गुणराज लुइटेलको अध्यक्षतामा अन्तरराष्ट्रिय नेपाली साहित्य समाज (अनेसास)को डेलावर शाखा गठन गरेको छ ।

अनेसास डेलावर च्याप्टरको कार्य समितिमा बिकाश श्रेष्ठ, विनय लुइटेल, प्रतीक श्रेष्ठ, गोकर्ण चालिसे, देव बैंजु, आश्मा शर्मा, ओम घले, दिपेश कार्की, अभिशेक झा, मनिष श्रेष्ठ तथा क्षमा लुइटेल हुनुहुन्छ । कार्य समितिको कार्यभार विभाजन तथा विस्तारको काम भने कार्य समितिको अर्को बैठकले गर्ने बताइएको छ ।

कार्यक्रममा अनेसासका अध्यक्ष पदम विश्वकर्मा,अनेसासका संस्थापक अध्यक्ष तथा उपन्यासकार होमनाथ सुवेदी, अनेसास बोर्ड अफ ट्रष्टिका अध्यक्ष डा. श्याम कार्की, अनेसास निवर्तमान अध्यक्ष गीता खत्री, अनेसास केन्द्रीय महासचिव गोवर्धन पूजा, अनेसास केन्द्रीय सचिव तथा डि.सी. च्याप्टर अध्यक्ष प्रकाश नेपाल, अनेसास कोषाध्यक्ष गीता पन्थ, मेरिल्याण्ड च्याप्टरका अध्यक्ष तीर्थ पाण्डे, अन्तरराष्ट्रिय कलाकार मञ्चका अध्यक्ष रामप्रसाद खनाल, नेपाल अमेरिका पत्रकार संघका अध्यक्ष गौतम दाहाल लगायतले आ-आफ्नो शुभकामना दिनु भएको थियो ।